×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१ हजार बढी प्रहरीमा कोरोना संक्रमण, निको हुनेको संख्या कति ?

GLOBAL IME BANK

१ हजार बढी प्रहरीमा कोरोना संक्रमण, निको हुनेको संख्या कति ?

१८ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपालमा हालसम्म एक हजार ९५४ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ८१३ जना निको भए भने एक हजार १४१ जना उपचाररत छन् । 
सबैभन्दा बढी प्रदेश १ मा १९८ जना प्रहरी संक्रमित भएका छन् । त्यस्तै प्रदेश २ मा ११५, बागमती प्रदेशमा ५५, गण्डकी प्रदेशमा ८७, ५ नम्बर प्रदेशमा ७८, कर्णाली प्रदेशमा ३७ र सूदूरपश्चिम प्रदेशमा १३ प्रहरी संक्रमित भएका छन् । हालसम्म नेपालमा ४१ हजार ६४९ जना संक्रमण पुष्टी भएको छ भने २३ हजार २९० निको भएर घर फर्किएका छन् । २५१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: