×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अन्तत: स्वास्थ्य बीमामा परिणत भयो कोरोना बीमा पोलिसी, कोरोना संक्रमितले अब यसरी पाउनेछन् दाबी भुक्तानी…!

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बीमा समितिले कोरोना बीमा पोलिसीलाई केहि संसोधन गरेको छ । समितिले उक्त बीमा पोलिसिलाई केहि संसोधन गर्दै बिलका आधारमा दावी भुक्तानी गर्ने जनाएको हो । समितिले अबदेखि जारी हुने सबै कोरोना बीमाको दावी भुक्तानी अस्पतालमा उपचार गरेमा अधिकतम ७५ प्रतिशतसम्म स्वास्थ्य उपचार खर्च र घरैमा आईसोलेशनमा बसेमा २५ प्रतिशत पौष्टिक आहार खर्च दिने गरी संशोधन गरिएको जानकारी दिएको हो । 
अस्पतालमा उपचार गराएकाहरुका संक्रमित व्यक्तिले अबदेखि कोरोना बीमाको दावी भुक्तानी लिन डिस्चार्ज स्लीप बुझाउनु पर्नेछ भने घरैमा आईसोलेशनमा बसेकाहरुले स्थानीय निकायबाट प्रमाणित गराएको कागजात पेश गर्नुपर्नेछ ।
यस्तै समितिले निजी प्रयोगशालामा कोरोना भाइरस संक्रमण भएकालाई पनि भुक्तानी दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड १९ परीक्षण गर्न सुचिकृत भएका सरकारी तथा निजी अस्पताल वा प्रयोगशालाबाट पीसीआर परीक्षण गर्दा कोभिड १९ रोग संक्रमण देखिएको सक्कल रिपोर्ट संक्रमितले पेश गर्नुपर्नेछ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: