×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना संक्रमणले सप्तरीका सिडिओका भान्सेको मृत्यु, मृत्यु हुनेमा ५५ वर्षिय पुरुष !

PRIME CA

कोरोना संक्रमणले सप्तरीका सिडिओका भान्सेको मृत्यु, मृत्यु हुनेमा ५५ वर्षिय पुरुष !

८ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

सप्तरी । कोरोना संक्रमणले सप्तरीका प्रमुख जिल्ला अधिकारीका भान्सेको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयमा कार्यरत ५५ वर्षीय कार्यालय सहयोगी पुरुषको कोरोना संक्रमणले आज बिहान ५ बजेतिर मृत्यु भएको हो ।
उनमा गत ३१ भदौमा कोरोना पुष्टी भएको हो । उनी होम आइसोलेसनमा बस्दै आएका थिए । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत आनन्द ठाकुरका अनुसार सुरुमा ज्वरो देखिपनि पछिल्ला केहिदिन यता उनको स्वास्थ्य अवस्था सामान्य रहेको थियो । 
उनी लामो समयदेखि प्रजिअ निवासमै खाना पकाउने काम गर्दै आएका थिए । योसँगै सप्तरीमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: