×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सुदूरपश्चिममा थप ३६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या कति पुग्यो ? (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता
धनगढी । सुदूरपश्चिममा आज थप ३६ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका तीन वटा प्रयोगशालामा भएको परिक्षणमा बुधबार थप ३६ जनामा संक्रमण देखिएको हो । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २५ जना, डोटी अस्पतालको प्रयोगशालामा एकजना र डडेल्धुरा अस्पताललको प्रयोगशालामा १० जना गरी थप ३६ जनामा संक्रमण पुष्टि भएको हो । 
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण भएका ४९० नमुनाहरुमध्य २५ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले १२ महिला र १३ पुरुषमा संक्रमण देखिएको जानकारी दिनुभयो । 
संक्रमण पुष्टि भएकामध्ये बझाङको दुर्गाथली गाउँपालिकाका ९ जना, कञ्चनपुरको भिमदत्त नगरपालिका १८ का एकजना र कैलालीको घोडाघोडी नगरपालिकाका ५ जनामा संक्रमण पुष्टि भएको बताए । यस्तै कैलालीको लम्कीचुहा नगरपालिको वडा नम्बर ४ का एकजना, धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का एकजना र वडा नम्बर ५ का ८ जना रहेका छन् । 
यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण भएका २९० नमुनाहरुमध्ये १० जनामा कोरोना पोरजेटिभ देखिउको अस्पतालले जनाएको छ । उता जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण गरिएका १ सय नमुनाहरुमध्ये एक जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ६ हजार ६६ पुगेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: