×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अब सरकारी अस्पतालमा पनि शुल्क तिरेर कोरोना परीक्षण गर्न पाइने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अब सरकारी अस्पतालमा पनि शुल्क तिरेर कोरोना परीक्षण गर्न पाइने

Artha Sarokar

२१ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । अब सरकारी अस्पताल तथा ल्याबहरुमा पनि शुल्क तिरेर कोरोनाको पिसिआर परीक्षण गर्न पाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबारबाट सबै सरकारी ल्याब तथा अस्पतालहरुले लक्षण नभएका व्यक्तिहरुको शुल्क लिएर कोरोना परीक्षण गर्न पाउने अनुमति दिएको हो ।
यसको अर्थ कुनैपनि व्यक्तिले आफुलाई लक्षण नभए पनि कोरोना परीक्षण गर्न चाहेमा अब सरकारले तोकेको सरकारी अस्पतालमा गएर शुल्क तिरेर परीक्षण गर्न सक्नेछन् । यसअघि प्राइभेट अस्पताल तथा ल्याबहरुले मात्र मानिसहरुले चाहेको खण्डमा सशुल्क परीक्षण गर्न पाउने व्यवस्था थियो ।
मन्त्रालयका प्रवक्ता प्राडा गौतमको अनुसार सरकारी अस्पतालले कुल परीक्षण गर्ने नमुनाको ५० प्रतिशत कोरोना परीक्षण मापदण्डमा नपरेको व्यक्ति अर्थात लक्षण नभएका व्यक्तिको आफ्नै खर्चमा सशुल्क परीक्षण गर्न सक्नेछन् । यसमा प्रयोग हुने सम्पुर्ण रिऐजेन्ट अस्पताल अथवा ल्याब आफैले खरिद गर्नुपर्ने गौतमले बताए ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी