×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुदूरपश्चिममा थप ३१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या कति पुग्यो ? (विवरणसहित)

अर्थ सरोकार

प्रकाशित मिति : २१ भाद्र २०७७, आईतवार

PRIME CA

सुदूरपश्चिममा थप ३१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या कति पुग्यो ? (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता
धनगढी । सुदूरपश्चिम प्रदेशमा थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेशको सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ७ जना संक्रमित थपिएका हुन । तीन वटै प्रयोगशालामा पछिल्लो २४ घण्टामा सात सय ५३ जनाको कोरोना परीक्षण भएको छ । 
सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा तीन सय ७१ जनाको कोरोना परीक्षण भएकोमा आठ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका ११ का तीन जना, वडा नम्बर २ का एकजना, कैलालीको धनगढी उपमहानगरपालिक वडा नम्बर २ का एकजना, कैलारी गाउँपालिका वडा नम्बर ३ का एकजनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताउनुभयो । 
यस्तै कैलालीकै टीकापुर नगरपालिका ७ का एकजना र कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ९ का एक जनामा संक्रमण पुष्टि भएको छ । यस्तै डडेल्धुरा प्रयोगशालामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको छ । एक सय एकजनाको कोरोना परीक्षण भएकोमा ११ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले जानकारी दिनुभयो । 
यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ६ हजार दुई सय १० पुगेको छ । संक्रमण पुष्टि भएका झण्डै पाँच हजार एक सय जनाले कोरोना जितेको दावी गरिएको छ भने १४ जनाको मृत्यु भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: