×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धनगढी प्रयोगशालामा थप १४ जनामा कोरोना पुष्टि, कहाँ कति संक्रमित थपिए ? (विवरणसहित)

PRIME CA

धनगढी प्रयोगशालामा थप १४ जनामा कोरोना पुष्टि, कहाँ कति संक्रमित थपिए ? (विवरणसहित)

२९ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
धनगढी । सोमबार धनगढीमा गरिएको परिक्षणमा थप १४ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालमा भएको परिक्षणमा सोमबार थप १४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा परिक्षण भएका २०७ नमुनाहरुमध्ये १४ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीका ११ जना र कञ्चनपुरका ३ जनामा कोरोना पोजेटिभ खेखिएको जानकारी दिनुभयो । श्रेष्ठका अनुसार नयाँ संक्रमितहरुमध्ये कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का एकजना, वडा नम्बर ५ का एकजना, वडा नम्बर ७ का दुईजना र वडा नम्बर १४ का एकजना रहेका छन् । 
यस्तै कैलालीको घोडाघोडा नगरपालिका वडा नम्बर १० का ४ जना, गोदावरी नगरपालिकाका २ जना, कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ९ का एकजना र शुक्लाफाटा नगरपालिकाका दुईजनामा संक्रमण पुष्टि भएको सुचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: