×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सुदूरपश्चिममा थप १०१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या कति पुग्यो ? (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता
धनगढी । सुदूरपश्चिममा प्रदेशमा आज थप १०१ जनामा कोरोना पुष्टि भएको छ । यस प्रदेशका तीन वटा प्रयोगशाला भएको परिक्षणमा आज १०१ जना संक्रमित थपिएका हुन । 
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १४ जना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा ५६ जना र डोटी अस्पतालको प्रयोगशालामा ३१ जना गरी थप १०१ जनामा संक्रमण पुष्टि भएको हो । यता सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण भएका ५६६ नमुनाहरुमध्य १४ जनामा संक्रमण पोजेटिभ दखिएको अस्पतालले जनाएको छ । अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कैलालीका ११ जना र कञ्चनपुरका तीन जनामा संक्रमण पुष्टि हो । 
संक्रमण पुष्टि भएकामध्ये कञ्चनपुरको भिमदत्त नगरपालिकाका तीन जना, कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का एक महिला र दुई पुरुष, वडा नम्बर ६ का एक महिला, वडा नम्बर १२ का एक महिला, वडा नम्बर १९ का एक महिला रहेका छन् । यस्तै गौरीगंगा नगरपालिका वडा नम्बर ६ का एक जना पुरुष र गोदावरी नगरपालिकाका ११ महिने शिशुसहित चार जनामा संक्रमण पुष्टि भएको सुचना अधिकारी श्रेष्ठले बताउनुभयो । 
यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण भएका ५३५ नमुनाहरुमध्ये ५६ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भूषालले ४ जिल्लाका ५६ जनामा संक्रमण देखिएको जानकारी दिनुभयो । 
उता डोटी अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण भएका ७७ नमुनाहरुमध्ये ३१ जनामा संक्रमण देखिएको हो । प्रयोगशालाका मोलेकुलर ल्याव इन्चार्ज शौरभ श्रेष्ठले डोटीका २४ जना र अछामका ७ जनामा संक्रमण देखिएको जानकारी दिनुभयो । यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ६ हजार ३० पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: