×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुदूरपश्चिममा १ सय बढी प्रहरीमा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या कति ?

PRIME CA
GLOBAL IME BANK

सुदूरपश्चिममा १ सय बढी प्रहरीमा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या कति ?

११ आश्विन २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
कैलाली । सुदूरपश्चिम प्रदेशमा झण्डै डेढ सय प्रहरीमा कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेशका विभिन्न जिल्लामा रहेका कार्यालयमा कार्यरत सिपाहीदेखि सईसम्मका एक सय ४६ प्रहरीमा संक्रमण पुष्टी भएको हो ।
सशस्त्र प्रहरी गण धनगढीमा कार्यरत ८० जना, सशस्त्र प्रहरी गुल्ममा कार्यरत १७ जना, जिल्ला प्रहरी कार्यालय कैलालीका १२ जना र प्रदेश ट्राफिक प्रहरी कार्यालयका एक जनामा संक्रमण देखिएको प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । 
यस्तै कञ्चनपुरका ९ जना, बाजुराका ६, अछामका ७, डोटीका तीन, दार्चुलाका दुई, बैतडीका एक जना र बझाङका एक जना प्रहरी संक्रमित छन् । प्रदेश प्रहरी कार्यालयमा कार्यरत ५ जना प्रहरीमासमेत संक्रमण पुष्टी भएको छ । सुदूरपश्चिम प्रदेशभर ८८ जना प्रहरीले कोरोना जितिसकेका छन् भने ५८ जना सक्रिय संक्रमित छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: