
- अर्थ सरोकार सम्बाददाता
पोखरा । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा परिक्षणमा गण्डकी प्रदेशमा मंगलबार थप ११ जनामा कोरोना पुष्टी भएको हो । नयाँ संक्रमितहरुमा लमजुङ ६ जना, तनहुँका ४ जना र बाग्लुङका एक जना रहेका छन् ।
बाग्लुङ जिल्ला, बरेङका १९ बर्षीय पुरुष, लमजुङ जिल्ला बेसीसहर-९ का २८ बर्षीय पुरुष, ४ का ३० बर्षीय पुरुष र तनहुँका चारैजना गरि ७ जना पुरुषहरु भारतबाट आई क्वारेन्टाइनमा बसेका छन् । त्यस्तै लमजुङ जिल्ला, बेसीसहर-८ का २६ बर्षीय महिला र २२ बर्षीय पुरुष सनराईज बैंकमा कार्यरत छन् । अन्य संक्रमितहरु कन्ट्रयाक्ट ट्रेसीङबाट पहिचान भएको स्वास्थ्य निर्देशनालयले जानकारी गराएको छ ।
गण्डकी प्रदेशमा अहिलेसम्म ३४९३ जना संक्रमित भएका छन् भने अहिलेसम्म २२२९ जना निको भएका छन् । प्रदेशमा अहिले सक्रिय संक्रमितको संख्या १२ सय ४२ रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । त्यस्तै प्रदेशमा अहिलेसम्म कोरोनाबाट ३२ जनाको मृत्यु भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्