×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विश्वभरमा कोरोना संक्रमितको संख्या ३ करोड १२ लाख बढी, मृत्यु हुनेको संख्या कति पुग्यो ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

विश्वभरमा कोरोना संक्रमितको संख्या ३ करोड १२ लाख बढी, मृत्यु हुनेको संख्या कति पुग्यो ?

५ आश्विन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । विश्वभरमा कोरोना संक्रमितको संख्या ३ करोड १२ लाख ४० हजार पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ लाख ५४ हजार नयाँ संक्रमित थपिएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ९ लाख ६५ हजार ६५ पुगेको छ । हालसम्म २ करोड २८ लाख ३५ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७० लाख ४ हजार ७८६ पुगेको छ । यहाँ हालसम्म २ लाख ४ हजार ११८ हजार जनाको मृत्यु भएको छ । 
भारतमा हालसम्म ५४ लाख ८७ हजार ५८० संक्रमित हुँदा ८७ हजार ९०९ जनाको मृत्यु भएको छ । ब्राजिलमा हालसम्म ४५ लाख ४४ हजार ६२९ जना संक्रमित हुँदा १ लाख ३६ हजार ८९५ जनाको मृत्यु भएको छ । रुसमा ११ लाख ३ हजार ३९९ संक्रमित हुँदा १९ हजार ४१८ जनाको मृत्यु भएको छ । चीनमा पछिल्लो २४ घण्टामा १२ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८५ हजार २९१ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । जापानमा ७८ हजार ६५७ जना संक्रमित हुँदा १ हजार ५०० जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म ६४ हजार १२२ जना संक्रमति फेला पर्दा ४६ हजार २३३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ४११ जनाको भने मृत्यु भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: