×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९० हजार नाघ्यो, संक्रमितको संख्या कति ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९० हजार नाघ्यो, संक्रमितको संख्या कति ?

Artha Sarokar

७ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९० हजार २० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण एक हजार ८५ जनाको मृत्यु भएको हो ।
त्यस्तै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या पनि ५६ लाख नाघेको छ । अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या ५६ लाख ४६ हजार ११ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा नौ लााख ५३ हजार ६८३ जनाको कोरोना परीक्षण गर्दा ८३ हजार ३४७ नयाँ संक्रमित थपिएका हुन् । अहिलेसम्म भारतमा ४५ लाख ८७ हजार ६१४ संक्रमित निको भइसकेका छन् भने नौ लाख ६८ हजार ३७७ संक्रमित निको हुन बाँकी छन् । भारत संक्रमित संख्याको आधारमा अमेरिकापछि सबैभन्दा प्रभावित भएको मुलुक हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी