×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सुर्खेत जिल्ला अदालतका सेवा बन्द !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सुर्खेत जिल्ला अदालतका सेवा बन्द !

Artha Sarokar

१७ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
सुर्खेत । जिल्ला अदालत सुर्खेतले सम्पूर्ण सेवा बन्द गरेको छ । मुद्दा फाँटमा कार्यरत एकजना कर्मचारीमा संक्रमण पुष्टि भएसंगै अदालतले अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण सेवा बन्द गरेको जनाएको छ ।
म्याद थप र पक्राउ पुर्जी जारी बाहेकका सबै सेवाहरु बन्द गरिएको अदालतका स्रेस्तेदार यमप्रसाद बाँस्कोटाले जानकारी दिए ।
स्रेस्तेदार बाँस्कोटाका अनुसार भ्ादौ १४ गते मात्रै ती कर्मचारीको स्वाब संकलन गरिएको थियो । कर्मचारीमा संक्रमण पुष्टि भएपछि सिल गरेर अन्य कर्मचारीहरुको स्वाब संकलनको काम भैरहेको बाँस्कोटाले बताए ।
स्वाब संकलन गरिएका सम्पूर्ण कर्मचारीहरुको रिर्पोट आएपछि मात्रै सेवा सुरु गरिने स्रेस्तेदार बाँस्कोटाको भनाइ छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी