×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कानुनमन्त्री भण्डारीका सुरक्षा गार्डलाई कोरोना संक्रमण, मन्त्रालयले गर्यो अत्यावश्यक बाहेकका सबै सेवा बन्द !

PRIME CA

कानुनमन्त्री भण्डारीका सुरक्षा गार्डलाई कोरोना संक्रमण, मन्त्रालयले गर्यो अत्यावश्यक बाहेकका सबै सेवा बन्द !

अर्थ सरोकार

१८ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

सुर्खेत
  • अर्थ सरोकार सम्बाददाता 
सुर्खेत । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीका सुरक्षा गार्डसहित मन्त्रालयका पाँचजनामा कोरोना संक्रमण पुष्टी भएको छ । मन्त्री भण्डारीको सुरक्षामा खटिएका दुईजना सुरक्षाकर्मीसहित पाँच जनामा संक्रमण पुष्टि भएको हो ।
प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा मन्त्रालयका पाँचजनामा संक्रमण देखिएको मन्त्रालयका सूचना अधिकारी कृष्ण रोकायले जानकारी दिए ।
रोकायका अनुसार दुईजना मन्त्रीको सुरक्षामा खटिएका सुरक्षाकर्मी, एकजना सवारी चालक, एकजना मन्त्रालयको गेटमा कार्यरत सुरक्षाकर्मी र एकजना कार्यालय सहयोगी रहेका छन् ।
मन्त्रालयका सुरक्षाकर्मी, सवारी चालक, कार्यालय सहयोगी र कर्मचारीसहित २० जनाको पीसीआर परीक्षण गर्दा ५ जनामा संक्रमण देखिएको सूचना अधिकारी रोकायले बताए ।
कर्मचारी र सुरक्षाकर्मीमा संक्रमण पृष्टि भएपछि मन्त्रालयले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । मन्त्री भण्डारीसहित अन्य कर्मचारी होम आइसोलेसनमा बसेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: