- अर्थ सरोकार सम्बाददाता
कास्की । गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कोरोना संक्रमण पुष्टी हुनेमा कास्कीको पोखरा महानगरपालिकाकाका ३४, रुपा गाउँपालिकाका चार, तनहुँको शुक्लागण्डकीका ६, लमजुङको मध्य नेपाल नगरपालिकाका ३ र स्याङ्जाको पुतलीबजार नगरपालिकाका एक जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिए ।
यससँगै यो प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ६४ पुगेको निर्देशनालयले जनाएको छ ।