
- अर्थ सरोकार सम्बाददाता
वीरगंज । प्रदेश २ मा थप ४५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । भदौ १८ गते नारायणी अस्पताल पीसीआर ल्याबमा भएको कुल ५८४ स्वाब परीक्षणबाट ४५ जनामा संक्रमण पुष्टी भएको हो।
कोरोना संक्रमण पुष्टी हुनेमा १० महिला र ३५ पुरुष रहेका छन्। १८ वर्षदेखि ४५ वर्ष उमेर समूहमा निस्केका संक्रमितमध्ये पर्साका २६ र बाराका १९ जना रहेका छन्। जसमध्ये पर्सा वीरगंजका १९ जना रहेका छन्। वीरगंज नबिल बैंकका ६ जना कर्मचारी रहेका छन्। त्यसैगरी, वीरगंज वडा नं ९ का २ जना, ११ का २ जना, ८ का १ जना, १५ का १ जना, २१ का १ जना, १४ का २ जना, २२ का २ जना र १० का २ जना रहेका छन्। एक जनाको वडा नं खुलेको छैन।
त्यसैगरी, पर्सा कालिकामाई वडा नम्बर १ का २ जना, ३ का १ जना, सखुवाप्रसौनी ४ का २ जना, ५ का १ जना र पटेर्वा सुगौली गापाका १ जना रहेका छन्। बाराका १९ जनामध्ये निजगढबाट १४ जना रहेका छन्। निजगढ ८ नम्बर वडाका २ जना, ७ का १ जना, ९ का १ जना, ईलाका प्रहरी कार्यालय निजगढका ३९, ४३, ५७, २८, ३३ र ३३ का पुरुष सुरक्षाकर्मी गरी ६ जना, सशस्त्र प्रहरी पिलुवा गणका २६ र ३७ वर्षका दुई जना गरी ८ जना सुरक्षाकर्मी रहेका छन्।
कामना विकास बैंक बाराका २५ वर्षका कर्मचारी रहेका छन्। २४ सिटी भ्यालुभन्दा माथिका २९ जना र सो भन्दा मुनिका १६ जना रहेको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाले बताए।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्