×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घोराही उपमहानगरपालिकामा कार्यरत ६ जना कर्मचारीसहित थप २३ जनामा कोरोना संक्रमण

PRIME CA

घोराही उपमहानगरपालिकामा कार्यरत ६ जना कर्मचारीसहित थप २३ जनामा कोरोना संक्रमण

३० भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

दाङ

  • अर्थ सरोकार सम्बाददाता 
दाङ । घोराही उपमहानगरपालिकामा कार्यरत ६ जना कर्मचारीसहित थप २३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार गरिएको ९५ जनाको स्वाव परीक्षणमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 
कोरोना संक्रमण पुष्टी हुनेमा ११ जना पुरुष र १२ महिला रहेका छन् । संक्रमितमध्ये घोराही उपमहानगरपालिकाको स्वास्थ्य, भौतिक पूर्वाधार, सञ्‍चार शाखालगायत कार्यरत कर्मचारीसहित एक जना कार्यालय सहयोगी गरी ६ जना र बाँकी कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब परीक्षणका क्रममा संक्रमण देखिएको हो। 
योसँगै घोराही उपमहानगरपालिकामा कोरोना संक्रमितको संख्या ३ सय ८८ पुगेको छ भने दाङमा कोरोना संक्रमितको संख्या ९४२ जना पुगेको छ । घोराही उपमहानगरपालिकाका ३८८ जना संक्रमितमध्ये २७७ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: