Skip to content
LAXMI SUNRISE BANK

झन्डै एक लाख रकमसहित दाङबाट १३ जुवाडे पक्राउ !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
दाङ । दाङको तुलसीपुरबाट एक लाख रुपैयाँसहित १३ जुवाडे पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ भूँयारथानस्थित कुमार सुनारको घरमा जुवा खेलिरहेको अवस्थामा १३ जनालाई ९८ हजार ९ सय ५० रुपैयाँ नगदसहित  शनिबार बेलुका पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो ।   
पक्राउ पर्नेमा तुलसीपुर ६ का २८ वर्षीय रोषण बुढाथोकी, ४३ वर्षीय भरत विक, २८ वर्षीय हेमन्त शाही, २८ वर्षीय सुशील वली, ४२ वर्षीय कुमार सुनार, ३३ वर्षीय ओमबहादुर बुढा मगर छन् । यस्तै तुलसीपुर वडा नं. ७ का ३६ वर्षीय प्रेमबहादुर सुनार, वडा नं. ८ का ३९ वर्षीय टंकबहादुर सुनार, घोराही उपमहानगरपालिका वडा नं. १३ का ३३ वर्षीय मालबहादुर वली, घोराही १० का २८ वर्षीय केशव डाँगी, घोराही ११ का २६ वर्षीय अर्जुन पुन, बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नं. १० का ६० वर्षीय धर्मराज बुढाथोकी र सोही ठाउँका ४० वर्षीय दीपक वली रहेका छन् । प्रहरीले उनीहरूको साथबाट तासका तीन गड्डी र नखेलेको थप ५ गड्डी ताससमेत बरामद गरेको थियो ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK