×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मृतकका नाममा भत्ता निकासाको रहस्य खुलेपछि वडा कार्यालयमा तालाबन्दी !

  • अर्थ सरोकार सम्बाददाता
दार्चुला । दार्चुलामा मृत्यु भईसकेका व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता निकासा भएको खुलासा भएपछि विवाद सिर्जना भएको छ । जिल्लाको लेकम गाउँपालिका वडा नम्बर ५ मा मृत्यु भइसकेको व्यक्तिका नाममा भत्ता निकासा भइरहेको खुलेपछि कारवाहीको माग गर्दै स्थानीयवासीले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । 
सामान्य रुपमा व्यक्ति जिवितै रहँदासम्म उसले पाउने सामाजिक सुरक्षा भत्ता मृत्यु प्रश्चात कट्टा गरिने गरिन्छ । तर दार्चुलाको लेकम गाउँपालिका–५ का हरिदत्त जोशीको मृत्यु भइसकेकोे भएपनि उनको लगत कट्टा नगरी सामाजिक सुरक्षा भत्ता निकासा गर्ने काम भइरहेको पाईएको हो । उक्त कुराको खुलासा भएसँगै कारवाहीको माग गर्दै स्थानीयवासीले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । 
एक वर्षअघि मृत्यु भइसकेका जोशीको नाममा वडाका कर्मचारीले सामाजिक सुरक्षा भत्ता निकासा गर्दै आएको स्थानियले आरोप लगाएका छन् । तर सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मेवारी प्राविधिक हरसिंह बोहरालाई दिएको वडा कार्यालयले जनाएको छ । 
वि.सं.२०७६ असार २३ गते मृत्यु भएको जोशीको २०७६ साउन १४ गते मृत्यु दर्ता प्रमाणपत्र जारी भएको थियो । मृतकका नाममा साउन महिनादेखिको सामाजिक सुरक्षा भत्ता रकम निकासी गर्दै प्राविधिक बोहराले लिँदै आएको आरोप स्थानीयवासीले लगाएका छन् । सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मेवारी पाएका प्राविधिक बोहराले आफूबाट गल्ती भएको स्वीकार गर्दै माफी मागे पनि स्थानीयवासीले कानूनी कारवाही हुनुपर्ने मागसहित वडा कार्यालयमा तालाबन्दी गरेका छन् । 
पहिलो र दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता बापत रु २४ हजार प्राविधिक बोहराले हिनामिना गरेको आरोप स्थानियले लगाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: