×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुग्ध विकास संस्थानमा नीतिगत अनियमितता, योग्यता नपुगेकालाई सामेल गराएको आरोप !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

दुग्ध विकास संस्थानमा नीतिगत अनियमितता, योग्यता नपुगेकालाई सामेल गराएको आरोप !

१७ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । दुग्ध विकास संस्थानमा नीतिगत अनियमितता भएको पाइएको छ । उक्त संस्थाले गत बर्ष कार्तिकमा सार्वजनिक गरेको पदपुर्ती विज्ञापनमा नीतिगत अनियमितता भएको हो । संस्थाको विनियमावलि २०६३ को आठौं संसोधन २०७६ को विनियम ३३र३४ मा तीस दिनभित्र सम्भाव्य उमेदवारले मात्र अवेदन दिने व्यवस्था रहेको छ । 
सो विनियमलाई वेवास्ता गर्दै योग्यता नपुगेको उमेदवारलाईसमेत सामेल गराएर अनियमितता गरेको आरोप संस्थानलाई लागेको छ । यसो त  संस्थानको विनियमावलि भन्दा माथिल्लो लोकसेवा अयोगको सामान्य सिद्दान्त २०७४ को दफा १५(१) (२) र (५) को पनि विपरित हुने गरी व्याख्या गरेको पाईएको छ । 
योग्यता नपुगेका व्यक्तिलाई नै बदुवा गरिएको र सोही कारण संस्थानको संचालक समितिमा पनिविबाद रहेको बताइएको छ । यता संस्थानकै अधिकारीक यूनियनले व्यवस्थापनलाई संस्थानको विनियमावली अनुसार चल्न आग्रह गरेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: