- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपाल थप १० जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४९१ पुगेको छ । यस्तै एक हजार ५१३ जनामा कोरोना भाइरससङक्रमण पुष्टि भएको छ ।
आज कोरोना निको भई ७३१ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या ५५ हजार ३७१ पुगेको छ ।