-
अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १६ जनाको मृत्यु भएको छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले योसँगै ज्यान गुमाउनेको सङ्ख्या चार सय २७ पुगेको बताए ।
यस्तै गएको २४ घण्टामा एक हजार एक सय ५४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टी भएको छ । जससंगै कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ६५ हजार दुई सय ७६ पुगेको छ ।