- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कोरोनाका करण यो साता विदेशमा थप २१ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार कुवेतमा ५ जना, साउदी अरबमा १४ जना, युएईमा १ जना, युगान्डामा १ जना नेपालीको मृत्यु भएको हो । शनिबार साँझसम्म १७ देशमा रहेका २६५ जना नेपालीको मृत्यु भएको छ
शनिबारसम्ममा ४२ देशमा रहेका ३८ हजार ८४८ नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् । ती मध्ये ३५ हजार ७८ जना संक्रमणमुक्त भएका छन् । विश्वभर एक लाख १० हजार ६० नेपालीमा संक्रमण देखिएको छ। ती मध्ये ८८ हजार ९१ जना संक्रमणमुक्त भएका छन् । नेपालसहित विश्वभर रहेका ७३२ जना नेपालीको कोरोनाबाट मृत्यु भएको छ।