×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काभ्रेमा कोरोनाका कारण थप एकको मृत्यु, ज्यान गुमाउनेको संख्या कति ?

GLOBAL IME BANK
SHREE KESH

काभ्रेमा कोरोनाका कारण थप एकको मृत्यु, ज्यान गुमाउनेको संख्या कति ?

६ आश्विन २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काभ्रे । कोरोना संक्रमणका कारण काभ्रेको पनौती नगरपालिका–५ चौकोटकी एक महिलाको धुलिखेल अस्पतालमा सोमबार राति मृत्यु भएको छ । योसहित काभ्रेपलाञ्चोकमा तीन महिला र दुई पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पचास वर्षीया ती महिलाको कोरोना संक्रमणपछि धुलिखेल अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा १९ दिनपछि मृत्यु भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा.नरेन्द्र झाले बताए । उनका अनुसार आमाशयको क्यान्सर रोगी महिला धुलिखेलमा उपचार गर्न आउनुअघि काठमाडौं मेडिसिटी अस्पतालमा ‘केमो’ लिने गर्दै आएकी थिइन् । 
हालसम्म काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाका दुई, पाँचखाल नपाका एक र धुलिखेल नगरपालिकामा दुई जनाको मृत्यु भएको छ । नेपालमा कोरोना भाइरसबाट पहिलोपटक काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालमा उपचाररत सिन्धुपाल्चोकको २९ वर्षीया सुत्केरीको मृत्यु भएको थियो । हालसम्म काभ्रेपलाञ्चोकका ४६९ मा कोरोना संक्रमण देखिएको छ । कूल संक्रमितमध्ये पाँचको मृत्यु भएको छ भने ३१२ उपचारपछि घर फर्किएका छन् । एक सय ५३ सक्रिय संक्रमितमध्ये ९४ जना अस्पताल आइसोलेसनमा र ६७ जना होम आइसोलेसनमा छन् । -रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: