×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाका कारण सिरहामा थप एक संक्रमितको मृत्यु

GLOBAL IME BANK

कोरोनाका कारण सिरहामा थप एक संक्रमितको मृत्यु

२२ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
जनकपुरधाम । कोरोनाका कारण सिरहाको मिर्चैया नगरपालिका–५ बस्ने ६२ वर्षीय पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमित पुरुषको आइतबार राती करिब ११ बजे प्रदेशिक कोभिड अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि आइतबार दिउँसो ती पुरुषलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको थियो । तत्कालै आकस्मिक कक्षमा राखी स्वाब संकलन गरेर उपचार शुरु गरिएको पुरुषको आइतबार राति मृत्यु भएको हो । पुरुषको मृत्यु हुनुअघि साँझ ५ बजेतिर कोरोना रिपोर्ट पोजेटिभ आएको झाले बताए । ती पुरुष मधुमेह र निमोनियाबाट ग्रसित थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: