×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाबाट चितवन मेडिकल कलेजमा एक महिलाको मृत्यु

GLOBAL IME BANK

कोरोनाबाट चितवन मेडिकल कलेजमा एक महिलाको मृत्यु

२९ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
चितवन । कोरोना संक्रमणबाट चितवन मेडिकल कलेजमा उपचारत एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–९ बस्ने ६२ वर्षीया वृद्धा हुन्।  
अस्पतालका निर्देशक डा. दयाराम लम्सालले उपचारको क्रममा आइतबार राति ११ः३० बजे उनको मृत्यु भएको बताए । भदौ १५ गते अस्पतालमा भर्ना भएकी उनमा १७ गते कोरोना संक्रमण पुष्टी  भएको थियो । उनको कोभिड सघन उपचार कक्षमा उपचार हुँदै आएको थियो । हालसम्म चितवन जिल्लाका अस्पतालमा उपचारको क्रममा मृत्यु हुने कोरोना संक्रमितको संख्या २७ पुगेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: