- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ४५९ पुगेको छ।
यस्तै, शुक्रबार नेपालमा थप १३१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ।