×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

महामारीका बेला जनताबाट ढाड सेक्ने गरी ब्याज असुलेको भन्दै डिप्रोक्स लघुवित्त वित्तीय संस्थालाई विप्लव-नेकपाको कारवाही !

  • अर्थ सरोकार सम्बाददाता 

अछाम । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले डिप्रोक्स लघुवित्त वित्तीय संस्थालाई कारवाही गरेको छ । संस्थाको अछाम शाखाले कोरोना भाइरसको महामारीका बेला जनताबाट चर्को ब्याज असुलेको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कारवाही गरेको हो ।
नेकपा अछामका कार्यालय सचिव लक्ष्मणले अछामको कमलवजार नगरपालिकामा कार्वाहीसहित लिंदै गरेको ब्याज कब्जा गरेर जनतालाई बुझाएको बताए ।
यस्तै सो पार्टीले जनतालाई जीवन धान्नसमेत धौ-धौ परेका बेला चर्को ब्याज असुलेको भन्दै एनआरएन लघुवित्त वित्तीय संस्थाका कर्मचारीलाई पनि नियन्त्रणमा लिएको छ । पार्टीले जनहित विपरित गतिविधि संञ्चालन गरेका र मौद्रिक निति उल्लंघन गर्ने सवै वित्तिया संस्थाहरुलाई कार्वाही गरिने बताएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: