×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निषेधाज्ञाको १२ औँ दिन धनगढीमा कुन-कुन बैंकको सेवा कस्तो ? (फोटो-कथा)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलवार

PRIME CA
laxmi sunrise bank

निषेधाज्ञाको १२ औँ दिन धनगढीमा कुन-कुन बैंकको सेवा कस्तो ? (फोटो-कथा)

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । निषेधाज्ञाको १२ औँ दिन धनगढीका बैंक तथा वित्तिय संस्था प्राय व्यस्त देखिएका छन् । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कैलालीमा लगाइएको निषेधाज्ञाका बेला धनगढीमा हप्ताको तीन दिन बैंक तथा वित्तिय संस्थाहरुले सेवा दिदै आएका छन् ।

यसो त दिनप्रतिदिन कोरोनाको संक्रमण बैंक तथा वित्तिय संस्थामा फैलिरहेका बेला बैंकिङ्ग कारोबार जोखिमपुर्ण मान्ने गरिन्छ । तर अत्यावश्यक सेवा भन्दै प्रशासनले सञ्चालनका लागि अनुमति दिएसँगै स्वास्थ्यको मापदण्ड पालना गर्दै बैंकहरु सञ्चालन गरिएका छन् । यसैबीच धनगढीका प्राय बैंकका सेवा सुरक्षित देखिएको भएतापनि केहि बैंकहरुले भने लापरवाही गर्न छाडेका छैनन् । असुरक्षित भएरै बैंक पुग्ने सेवाग्राही बैंकको लापहवाहीका कारण झनै समस्यामा पर्ने गरेका छन् ।

धनगढीमा रहेको नेपाल एसबिआई बैंक लिमिटेडको शाखामा सेवाग्राहीको भिड प्राय दैनिक देखिने गर्दछ । यद्यपि उक्त बैंकको शाखामा सुरक्षाका उपायहरु पुर्ण रुपमा अपनाईएको छ । तर बैंक पुग्ने सेवाग्राहीमा भौतिक दुरी कायम नहुँदा जोखम भने कायमै रहेको छ ।

धनगढीमा सबैभन्दा बढी भिडभाड हुने बैंक मध्येको राष्ट्रिय वाणिज्य बैंकमा कोरोना कहरकाबीच पनि सेवाग्राहीका चाप उस्तै रहेको छ । बैंकभित्रको सेवा सुरक्षित र व्यवस्थित रहेको बैंकले दावि गर्दै आएको भएतापनि बाहिरको अवस्था भने उदेग लाग्दो देखिएको छ ।



त्यस्तै धनगढीको एनएमबी बैंकको शाखामा पनि सेवाग्राहीको चाप अव्यवस्थित देखिएको छ । सामाजिक दुरी कायमै नगरी सेवाग्राहीहरु लाईनमा बस्दा पनि बैंकको चासो भने खासै देखिएन । लाईनमा बसेका कतिपय सेवाग्राही त मास्कको प्रयोगपनि राम्रोसँग गरेका छैनन् ।


दिगो, दरिलो र विश्वासिलो भन्ने नारा बोकेको एभरेष्ट बैंकको धनगढी शाखामा पछिल्लो समय सुरक्षा व्यवस्था अलि सुधारिदै गएको छ । बैंक पुग्ने सेवाग्राहीहरुलाई स्वास्थ्यका मापदण्ड पालना गरेरैमात्र बैंक प्रवेश गराईएको छ भने एटिएम बुथमा पनि सेनिटाईजर राखिएको छ ।

त्यस्तै धनगढीमा रहेको कुमारी बैंकको शाखामा पनि दैनिक रुपमा सेवा प्रवाह भईरहेको छ । सुरक्षाका उपायहरु पुर्ण रुपमा पालना गरेर सेवा दिदै आएको उक्त बैंकमा सेवाग्राहीको चाप भने उस्तै देखिएको छ ।


यता हिमालयन बैंक लिमिटेड र सनराईज बैंक लिमिटेडको सेवा पनि स्वास्थ्यका मापदण्ड पालना गरेर प्रवाह गरिएको छ ।

धनगढीमा रहेको नवजिवन सहकारी संस्था लिमिटेडमा पनि सेवाग्राहीको चाप देखिएको छ । हात धुने व्यवस्था मिलाईएको भएतापनि भौतिक दुरी कायम भने गरिएको छैन ।

त्यस्तै धनगढीमा ग्लोबल आईएमई बैंकको सेवा केहि सुधारिदै गएको छ । पछिल्लो केहि दिन यता उक्त बैंकले सुरक्षाका सामाग्री अपनाउनुका साथै समाजिक दुरी कायम गर्दै सेवा दिदै आएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: