×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धनगढी प्रयोगशालामा थप १९ जनामा कोरोना पुष्टि, कहाँ कति संक्रमित थपिए ? (विवरणसहित)

अर्थ सरोकार

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार

PRIME CA

धनगढी प्रयोगशालामा थप १९ जनामा कोरोना पुष्टि, कहाँ कति संक्रमित थपिए ? (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता
धनगढी । बुधबार धनगढीमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । 
पछिल्लो २४ घण्टामा परिक्षण भएका ५०७ नमुनाहरुमध्ये १९ जनामा संक्रमण देखिएको अस्पतालले जनाएको छ । अस्पतालका सुचनाअधिकारी दिलिप कुमार श्रेष्ठले बाजुराका एकजना र कैलालीका १८ जनामा कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।
उहाँले बाजुराको बडिमालिका वडा नम्बर ८ का एकजना, कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १ का दुईजना, वडा नम्बर २ का एकजना, वडा नम्बर ३ का एकजना, वडा नम्बर ५ का ५ जना र वडा नम्बर १३ का एकजनामा कोरोना पोजेटिभ  पुष्टि भएको बताउनुभएको छ । यस्तै धनगढीकै वडा नखुलेका ४ जना र गोदावरी नगरपालिकाका ४ जनामा संक्रमण देखिएको सुचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: