×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धनगढी प्रयोगशालामा थप ३२ जनामा कोरोना पुष्टि, कहाँ कति संक्रमित थपिए ? (विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

धनगढी प्रयोगशालामा थप ३२ जनामा कोरोना पुष्टि, कहाँ कति संक्रमित थपिए ? (विवरणसहित)

५ आश्विन २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
धनगढी । धगढीमा थप ३२ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा भएको परिक्षणमा सोमबार थप ३२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टा परिक्षण भएका ३०८ नमुनाहरुमध्ये कैलाली कञ्चनपुर ३१ जना र बैतडीका एकजनामा कोरोना पोजेटिभ देखिएको हो । संक्रमण पुष्टि भएका ३२ जनामध्ये १३ जना महिला र १९ जना पुरुषमा संक्रमण देखिएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिनुभयो । 
श्रेष्ठका अनुसार बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर ४ का एकजना, धनगढी उपमहानगरपालिका वडा नम्बर १ का एकवजना, वडा नम्बर २ का दुईजना, वडा नम्बर ३ का ६ जना, वडा नम्बर १२ का दुईजना, वडा नम्बर १७ का दुईजना र वडा नम्बर १९ का एक जनामा कोरोना पुष्टि भएको छ । यस्तै घोडाघोडी नगरपालिका वडा नम्बर १ का ६ जना, भजनी नगरपालिका वडा नम्बर ३ का एकजना, गोदावरी नगरपालिकाका तीनजना र कैलारी गाउँपालिकाको वडा नम्बर १ का दुई जनामा संक्रमण पुष्टि भएको हो । 
यसैगरी कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ७ का एकजना, महाकाली नगरपालिका वडा नम्बर ६ का एकजना, पुनर्वास नगरपालिकाका दुईजना र बेदकोट नगरपालिका वडा नम्बर ५ का एकजना गरी थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको सुचना अधिकारी श्रेष्ठले जानकारी दिनुभएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: