×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संक्रमितको संख्या बढेपछी धनगढीका मेयरकै वडा सिल !

GLOBAL IME BANK

संक्रमितको संख्या बढेपछी धनगढीका मेयरकै वडा सिल !

१९ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
धनगढी । कोरोना संक्रमण बढेपछि धनगढी उप–महानगरपालिका वडा नम्बर ५ दुई वटा टोल सिल गरिएको छ । संक्रमण दर बढ्न थालेपछि भावी जाखिमलाई मध्यनजर गर्दै उप–महानगरपालिका वडा नम्वर ५ का जाई र असिग्राम टोल सिल गरिएको हो ।
उक्त वडामा रहेका ज्ञान निकेतन क्षेत्रका तीन घर र जाई क्षेत्रका चार घरका केही व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि उक्त क्षेत्र सिल गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिनुभयो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: