- अर्थ सरोकार सम्बाददाता
इटहरी । धरानमा एकै पटक ६४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। संक्रमण पुष्टी भएकाहरुमा २ जना प्रहरी र अन्य फुस्रेस्थित आर्मी क्याम्पका सेना, उनीहरुका परिवार छन् । २ जना इलाका प्रहरी कार्यालयका प्रहरी रहेको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए ।
अन्य सबै संक्रमित फुस्रे आर्मी क्याम्पमा सेना र तिनका परिवारहरुरहेका छन् । आर्मी क्याम्पका २ बर्षका बालिकासहित ६२ जनामा संक्रमण देखिएको मेहताले बताए । दुईदिन अघि धरानमा ११ जना नेपाली सेनासहित १९ जना कोरोना संक्रमित देखिएको थियो ।