
- अर्थ सरोकार सम्बाददाता
धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सप्तरी खडक नगरपालिका–३ का ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । राजविराजस्थित गजेन्द्र नारायणसिंह अस्पतालबाट भदौ ३० गते प्रतिष्ठानमा भर्ना भएका बिरामीमा मृगौलाको समस्या रहेको थियो ।
प्रतिष्ठानका अनुसार बिरामीको गत एक वर्षदेखि सातामा दुईपटक डाइलाईसिस गरिँदै आइएको थियो । उनमा उच्च रक्तचापको समेत समस्या रहेको थियो । भदौ २८ मा राजविराजको अस्पतालमै कोरोना संक्रमण पुष्टि भएपछि मंगलबार प्रतिष्ठानको कोभिड १९ अस्पतालमा बिहान १० बजेर ४६ मिनेटमा भर्ना गरिएको थियो ।
यससँगै प्रदेशमा हालसम्म ५१ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । जसमा प्रदेश १ बाहिरका २ महिला र ११ पुरुष गरि कुल १३ जनाको मृत्यु भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्