
- अर्थ सरोकार सम्बाददाता
विराटनगर । धरानमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थप दुई कोरोना संक्रमितको बिहीबार दिउँसो मृत्यु भएको हो ।
सप्तरीको राजविराज नगरपालिका– ७ का ५० र ५५ वर्षका पुरुषको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । ५५ वर्षीय पुरुष ७ भदौमा प्रतिष्ठानमा भर्ना भएका थिए । उनमा मधुमेह र उच्च रक्तचापको समस्या थियो । उनलाई छिन्नमस्ता अस्पताल सप्तरीले प्रतिष्ठानमा रेफर गरेको थियो ।
५० वर्षीय पुरुषलाई बिहीबार दिउँसो ल्याइएको थियो । बिहीबार दिउँसो १ः २० मा भर्ना भएका ५० वर्षीय पुरुषको २ बजे मृत्यु भएको प्रवक्ता सापकोटाले बताए । ‘समन्वय नगरी आउनु भएको थियो’ उनले भने ‘अवस्था गम्भीर थियो ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्