×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धुलिखेलस्थित काभ्रेभञ्ज्याङको एकै टोलका २५ जनामा कोरोना संक्रमण पुष्टी, सिङ्गो वडा नै सिल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

धुलिखेलस्थित काभ्रेभञ्ज्याङको एकै टोलका २५ जनामा कोरोना संक्रमण पुष्टी, सिङ्गो वडा नै सिल

Artha Sarokar

२४ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काभ्रे । धुलिखेलमा २५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । धुलिखेल नगरपालिका वडा नम्बर ९ स्थित काभ्रेभञ्ज्याङको एउटै टोलका २५ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
उनीहरुमा ज्वरो र संक्रमणका लक्षण देखापरेसँगै कोरोना परीक्षण गरिएको थियो । जसमा एकै टोलका २५ जनाको रिपोर्ट पोजिटिभ आएको छ । संक्रमित हुनेहरुमा ९ वर्षका बच्चा देखि ८० वर्षसम्मका वृद्ध रहेका छन् । यस अघि सोही स्थानका केही व्यक्तिमा कोरोना पुष्टि भएको थियो । ठूलो संख्यामा संक्रमित फेला परेसँगै सो वडा सिल गरिएको छ ।
यस्तै, संक्रमितलाई उपचारका लागि धुलिखेल अस्पताल र नगरपालिकाको आइसोलेसन लैजाने तयारी भइरहेको छ । वडा प्रमुख अशोक कुमार व्याञ्जु श्रेष्ठले थप संक्रमण फैलिन नदिन बाँकी सबैको परीक्षणका साथसाथै छलफल र डिस्इन्फेक्सन छर्किने काम अघि बढाइएको बताए । हालसम्मको विवरण अनुसार धुलिखेल नगरपालिकामा संक्रमितको संख्या ९१ पुगेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी