
- अर्थ सरोकार सम्बाददाता
धनगढी। दिनेश सञ्चार गृहमा आक्रमण गर्ने अनेरास्ववियूका कार्यकर्ता संगठनबाट निलम्बनमा परेका छन्। सत्तारुढ दल नेकपा निकट अनेरास्ववियूका दुई जना कार्यकर्तालाई संगठनले निलम्बन गरेको हो।
गत २६ गते दिउँसो सञ्चार गृहमा पुगेर सञ्चार गृहमा आक्रमण गर्ने धनगढी उपमहानगरपालिका ५ का प्रमोद खड्का र कुबेर खड्कालाई मुद्धाको फैसला हुँदा सम्मका लागि निलम्बन गरिएको अनेरास्ववियु कैलालील विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ। उनीहरु दुवै जना अनेरास्ववियु कैलालीका जिल्ला सदस्य हुन्।
जिल्ला संयोजक कुमार बडैला र सह संयोजक समिर जोशीद्वारा जारी विज्ञप्तीमा सञ्चार गृह र पत्रकारमाथि भएको आक्रमण घटनाको अनुसन्धानमा सहयोग पुगाउनका लागि दुबै जनालाई संगठनको सम्पूर्ण जिम्मेवारीबाट हटाइएको उल्लेख छ।
अनेरास्ववियूले मिडियााथि भएको आक्रमणमा संगठनको भने कुनै भूमिका नरहेको जनाएको छ। संगठनले घटनाको भत्सर्ना समेत गरेको छ। यस्तै विज्ञप्तीमा थुनुवा कक्षभित्रै मृत्युको घटनाप्रति पनि ध्यानाकर्षण भएको उल्लेख छ भने घटनाको छानविन गर्न समेत आग्रह गरिएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्