×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शशाङ्क कोइराला अस्पतालबाट ‘डिस्चार्ज’

GLOBAL IME BANK

शशाङ्क कोइराला अस्पतालबाट ‘डिस्चार्ज’

४ आश्विन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइराला अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । केही दिन अघि कोरोना सङ्क्रमण पुष्टि भएका महामन्त्री कोइरालामा सामान्य ज्वरो आएपछि गत मङ्गलबार ओम अस्पताल चावहिलमा भर्ना भएका थिए । 
महामन्त्री कोइरालाको स्वास्थ्यमा सुधार आएपछि ‘डिस्चार्ज’ भएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए । महामन्त्री कोइरालाले आफ्नो स्वास्थ्य अवस्थाबारे नियमित चासो, चिन्ता, शुभेच्छा र स्वास्थ्यलाभको कामना गर्ने सम्पूर्ण पार्टीका नेता तथा कार्यकर्तालाई धन्यवाद दिएका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: