×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रथ तान्नेक्रममा पक्राउ परेकाहरुलाई रिहाई गर्नु माग गर्दै ललितपुर प्रशासनमा धर्ना, चारैतिर प्रहरी परिचालन ! (भिडियो)

PRIME CA
GLOBAL IME BANK

रथ तान्नेक्रममा पक्राउ परेकाहरुलाई रिहाई गर्नु माग गर्दै ललितपुर प्रशासनमा धर्ना, चारैतिर प्रहरी परिचालन ! (भिडियो)

२२ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ  सरोकार मल्टिमिडिया ब्युरो 
ललितपुर । ललितपुर जिल्ला प्रशासन कार्यालय घेराउ गर्न पुगेका युवाहरुलाई प्रहरीले तितरबितर पारेको छ । गत बिहीबार रातो मच्छिन्द्रनाथको रथ तान्नेक्रममा पक्राउ परेका युवाहरुलाई रिहाई गर्न माग गर्दै सोमबार बिहान स्थानीय केही युवाहरु प्रशासन कार्यालय घेराउ गर्न पुगेका हुन । विहान करिब ११ बजे जिल्ला प्रशासन कार्यालय पुगेका युवाहरु धर्नामा बस्न थालेपछि प्रहरीले रोकेको हो ।
प्रहरीले धर्नामा बस्न नदिएपछि युवाहरु प्रहरी नभएको स्थानमा भेला भएको देखिन्छ । अहिले प्रशासन कार्यालय आसपास क्षेत्रमा व्यापक रुपमा प्रहरी परिचालन भएको छ । गत बिहीबार स्थानीय केही युवाहरुले प्रशासनको अनुमति बिना जबरजस्ती मच्छिन्द्रनाथको रथ तानेपछि ललितपुरको पुलचोकमा दिनभर विवाद उत्पन्न भएको थियो । युवाहरुले ट्राफिक प्रहरीलाई समेत कुटपिट गरेका थिए । कुटपिटमा उत्रिएका केही युवाहरुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्दा अभियोगमा हिरासतमा राखेको छ । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: