
- अर्थ सरोकार सम्बाददाता
भक्तपुर । प्रहरीले भक्तपुरमा डलर देखाई लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भई हाल भक्तपुर चारदोबाटोमा डेरा गरी बस्ने २३ वर्षीय विमल भण्डारी र २१ वर्षीय निर्मल भण्डारी रहेका छन । प्रहरीले उनीहरुको साथबाट ३ लाख ३१ हजार नगद, विभिन्न कम्पनीका मोबाईल २ थान, २२० सि.सि.को पल्सर मोटरसाइकल १ थान र पर्स २ थान समेत बरामद गरेको छ ।
उनीहरुले कमलविनायक बसपार्कमा दोलखा घर भई हाल सूर्यविनायक बस्ने एक जनालाई डलर साट्ने बहानामा ५ लाख रुपैंयाँ लुटपाट गरी फरार भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले घटनामा सम्लग्न दुई जनालाई चाँगुनारायण नगरपालिका–८, रातोपाटीबाट नियन्त्रणमा लिएको परिसरका सूचना अधिकारी प्रहरी निरिक्षक सुवास बुढाथोकीले बताए ।
सस्तो दरमा डलर साट्ने बहानामा गत साउन ८ गते मध्यपुर थिमि नगरपालिका–९ बोडेमा ३ लाख, वडा न ५ मा साउन १९ गते ४ लाख, वडा २ मा गत भदौ ३१ गते ५ लाख, वडा ९ बोडेमा यही असोज ६ गते ९ लाख ८० हजार रुपैंयाँ लुटपाट भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्