- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बिहिबार अमेरिकी डलरको मूल्य घटेको छ। नेपाल राष्ट्र बैंकले बिहिबारका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ३४ पैसा कायम गरेको छ । यस्तै, बिक्रीदर ११७ रुपैयाँ ९४ पैसा रहेको छ । बुधबारका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ११८ रुपैयाँ १४ पैसा रहेको छ ।युरो एकको खरिददर १३९ रुपैयाँ २८ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९९ पैसा रहेको छ ।
यस्तै, पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ४१ पैसा र बिक्रीदर २८ रुपैयाँ ५५ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २३ रुपैसा र बिक्रीदर ३२ रुपैयाँ ३९ पैसा रहेको छ ।
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्