
काठमाडौँ । इजिप्टमा पनि कोभिड १९ का सङ्क्रमितहरु बढ्दो रुपमा देखिएको छ । सोमबारको पछिल्लो परिणामअनुसार यहाँ पनि कोभिडका सङ्क्रमितहरु एकलाख नाघेको छ । यहाँको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी गराएको छ ।
उक्त मन्त्रालयकाअनुसार यहाँ १ लाख ४१ जना संक्रमित भेटिएका छन् । त्यस्तै यहाँका ५ हजार भन्दा बढी नागरिकको सो सङ्क्रमणबाट ज्यान गएको छ । सोमबारको प्राप्त पछिल्लो समाचारमा यहाँ ५ हजार ५४१ जनाको यो सङ्क्रमणबाट ज्यान गएको जनाइएको छ ।
यो संक्रमणका ७९ हजार भन्दा बढी संक्रमित यहाँ निको भएर घर फर्किएका छन् । यसरी यहाँका संक्रमितहरुमा निको हुने दर धेरै देखिएको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकमा यो भाइरसबाट विश्वका करिब २ करोड ७० हजार मानिस संक्रमित भएका छन् भने यसबाट ८ लाख ८१ हजार जनाको ज्यान गएको छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्