×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जुकरबर्गलाई उछिन्दै मस्क बने विश्वकै तेस्रो धनी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

जुकरबर्गलाई उछिन्दै मस्क बने विश्वकै तेस्रो धनी

Artha Sarokar

१६ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजेन्सी। विश्वकै धनी व्यक्तिमा एलन मस्कले तेस्रो स्थान हासिल गर्न सफल भएका छन् । विद्युतीय कार निर्माता कम्पनी टेस्लाको सेयरमा उछाल आएसँगै उनले फेसबुकका सह–संस्थापक मार्क जुकरबर्गलाई उछिन्न सफल भएका हुन् ।
टेस्लाको सेयर मूल्य बढेसंगै मस्कको सम्पत्ति पनि बढेर १.१५ खर्ब डलर पुगेको छ । जुकरबर्गको सम्पत्ति १.१० खर्ब डलर रहेको ब्लुमबर्ग इन्डेक्सले जनाएको छ । ४९ वर्षीय मस्कको सम्पत्तिमा पछिल्लो समय ठूलो वृद्धि भएको छ । यो वर्ष मात्र टेस्लाको सेयर ५ सय प्रतिशतले बढ्दा उनको सम्पत्ति ८७.८ अर्ब डलरले वृद्धि भयो । अहिले टेस्लाको बजार मूल्य ४.६४ खर्ब डलर रहेको छ । यसले वालमार्टलाई समेत उछिनेको छ ।
सोमबार नै जेफ बेजोसका पूर्वपत्नी म्याकेन्जी स्कट विश्वकै सबैभन्दा धनी महिला बनेकी छिन् । उनले लोरेयालकी उत्तराधिकारी फ्रांकोइस बेटेनकोर्ट मेयर्सलाई उछिनेकी हुन् । बेजोससँग डिभोर्स गर्दा ५० वर्षीया स्कटले अमेजन डटकममा ४ प्रतिशत सेयर प्राप्त गरेकी थिइन् । अहिले उक्त सेयरको मूल्य ६६.४ अर्ब डलर पुगेको छ ।

स्रोत : साउथ चाइना मोर्निङ पोष्ट

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी