
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्नै ग्राहकलाई ठगेको गरेको पाइएको छ । बैंकको कुपन्डोल शाखाले कोरोना कहरकाबिच पनि आफ्नै ग्राहकलाई ठगेको पाइएको हो । भदौ २६ गते एक लाख रुपैयाँ भुक्तानी लिन गएका एक सेवाग्राहीलाई बैंकले ९८ हजार रुपैयाँ मात्र दिएर पठाएको पाइएको हो ।
ती ग्राहकले १००० को १ बन्डल (सय थान) एक लाख रकम बैंकबाट लिँदा ४ वटा ५०० को नोट फेला परेको बताएका छन् । ती ग्राहकले एभरेष्ट बैंकले गरेको कैफियतबारेको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । ती ग्राहकले भिडियो सार्वजनिक गर्दै भनेका छन् ‘हजारको बन्डल ५ सयको नोट मिसाएर १ लाख बनाएको छ, जम्मा ९८ हजार मात्र छ, कोरोना लागे पनि पैसा गनेर लिनुपर्ने अवस्था भइसक्यो ।’
उक्त भिडियो बाहिरिएसंगै अधिकांशले बैंकका कर्मचारीको नियतमाथि प्रश्न उठाएका छन् । यसो त अहिले कोरोनाका कारण आम मानिसहरु आर्थिक संकटमा छन् । यसै बेला बैंकहरुले भने ग्राहकहरुलाई ठगिरहेका छन् । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्