- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कोरोना भाइरस (कोभिड १९) को संक्रमणकाबीच जारी गरिएको निषेधाज्ञा खुकुलो बनाएसँगै धनगढीका व्यापारीहरु सक्रिय बन्दै गएका छन् । गर्मीको मौषममा छाताको साहारा लिएर फलफुल व्यवसायीहरु दैनिकी चलाउँदै आएका छन् । लामो समयसम्मको बन्दाबन्दीको मारमा परेका फलफुल व्यवसायीहरु यतिबेला व्यापार सञ्चालन गर्न पाउँदा खुसि देखिन्छन् ।
लामो समयदेखी व्यापार सञ्चालन गर्न नपाउँदा ठुलो घाटा बेहोर्नुपरेको धनगढीमा फलफुल व्यवासाय सञ्चालन गर्दै आएकी शान्ती शाहीले बताईन । उनले भनिन्, व्यापार त खासै भएको छैन तर दिन बिताउनका लागि बाहाना भने बनेको छ । त्यस्तै अन्य व्यापारीहरुको गुनासो पनि यस्तै रहेको छ । सिजनको समय भएको भएतापनि सोचेजस्तो व्यापार नभएको गुनासो उनिहरुले गरेका छन् । बाँकी फोटो फिचरमाः