Skip to content
LAXMI SUNRISE BANK

हुम्लाको रोडिकोटमा भिषण आगलागी, १५ घर जलेर नष्ट !

अर्थ सरोकार

  • अर्थ सरकार सम्बाददाता 
हुम्ला । हुम्लाको सर्केगाड सर्केघाड गाउँपालिका- ४ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी भएको छ । एक घरबाट शुरु भएको आगलागीबाट १५ भन्दा बढी घर जलेर नष्ट भएको आगालागीस्थलबाट स्थानीयवासी धर्मराज शाहीले बताए । 
बेलुकी करीब ६ बजेतिर एक्कासि गाउँमा आगलागी भएको जनाइएको छ । नियन्त्रणका लागि गाउँका सबै गए पनि केही गर्न नसकिएको बताइएको छ । पानीको हाहाकार भएकाले निभाउन सकिएको छैन । आगलागी नियन्त्रणका लागि गाउँपालिका केन्द्रबाट प्रहरीको टोली त्यसतर्फ पठाइएको जिल्ला प्रहरी प्रमुख सूर्यप्रसाद सुवेदीले बताए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK