
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकारले आन्तरिक उडान खुल्ने मिति तोकेसँगै वायुसेवा कम्पनीले बुकिङ खुलाउने तयारी गरेको छ । कम्पनीले असोज १ गतेबाट बुकिङ खुलाउने तयारी गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीका अनुसार सरकारले अहिलेसम्म उडान खुला हुने गन्तब्यको सूची दिइसकेको छैन । ‘हामीलाई सूची आएपछि त्यसका आधारमा वायुसेवा कम्पनीलाई परमिट दिन्छौं,’ उनले भने । उनका अनुसार पहिलो चरणमा सबै गन्तब्यमा शतप्रतिशत उडान भने खुल्ने छैनन् ।
यसअघि १ भदौबाटै उडान खोल्ने निर्णय सरकारले गरेको थियो । तर, कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएपछि काठमाडौं उपत्यकासहित शहरहरुमा निषेधाज्ञा लागू भयो । त्यसपछि उडान समेत पर सरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्