Skip to content
LAXMI SUNRISE BANK

एफएनसीसीआईलाई निर्वाचन गर्न बाटो खुल्यो, कसले मार्ला बाजी ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । गृह मन्त्रालयले नेपाल उद्योग वाणिज्य महासंघलाई निर्वाचन गर्न अनुमति दिएको छ । मन्त्रालयले कोरोना भाइरससंग सम्बन्धित स्वास्थ्य मापदण्ड पालना गरेर निर्वाचन गर्न अनुमति दिएको हो ।
महासंघले नयाँ नेतृत्व चयनको लागि मंसिर ११ र १२ मा निर्वाचन गर्ने निर्णय गरेको हो । निर्वाचनबाहेकको साधारणसभा भने भर्चुअल माध्यमबाट हुनेछ । महासंघको गत चैतमा नै साधारणसभा हुनुपर्ने थियो तर कोरोनाको महामारीका कारण मिति सरेको थियो ।
महासंघको साधारणसभाबाट विधान अनुसार बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्ने छन् । यस्तै बरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधानले प्यानल नै बनाएर उम्मेद्वारी घोषणा गरेका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK