- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ४८ पैसा कायम गरेको छ । यस्तै, बिक्रीदर ११८ रुपैयाँ ०८ पैसा रहेको छ । युरो एकको खरिददर १३६ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३६ पैसा रहेको छ ।
यस्तै, पाउण्ड एकको खरिददर १४९ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १६ पैसा र बिक्रीदर २८ रुपैयाँ ३१ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २६ रुपैयाँ र बिक्रीदर ३२ रुपैयाँ ५३ पैसा रहेको छ ।
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्