- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ २२ पैसा कायम गरेको छ । यस्तै, बिक्रीदर ११७ रुपैयाँ ८२ पैसा रहेको छ । युरो एकको खरिददर १३८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९९ पैसा रहेको छ ।
यस्तै, पाउण्ड एकको खरिददर १५२ रुपैयाँ २१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ४१ पैसा र बिक्रीदर २८ रुपैयाँ ५६ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १९ रुपैयाँ र बिक्रीदर ३२ रुपैयाँ ३६ पैसा रहेको छ ।
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्